
कात्तिक १ काठमाडौं
कर्णाली प्रदेशमा देखिएको नेताहरुको विवादका बारेमा जानकारी लिएपछि प्रधानमन्त्री केपी ओलीले दुई अध्यक्षको छलफलपछि आउने निष्कर्ष मान्न कर्णालीका नेताहरुलाई निर्देशन दिएका छन् । पार्टीभित्रबाटै मुख्य मन्त्रीले प्रभावकारी काम गर्न नसकेको भन्दै सदस्यहरुले गरेको बिरोध केन्द्रमा पुगेको छ । केन्द्रले गर्ने निर्णय मानेर जान दुवै पक्षका नेताहरुलाई अध्यक्षहरुले निर्देशन दिएका छन् । निश्कर्ष भने आउन बाँकी नै रहेको छ ।
प्रधानमन्त्री के.पि. शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग कर्णालीका नेताहरुले छुटटाछुट्टै भेटघाट गरेका छन् ।
प्रधानमन्त्री केपि शर्मा ओलिसँगको भेटमा भेटमा महासचिव विष्णु पौडेल सहभागी भए पनि अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भने सहभागी थिएनन् । उनले ओलीसँगको सल्लाहमा बिहीबार र शुक्रबार कर्णालीका नेताहरूसँग खुमलटारस्थित निवासमा अलग्गै छलफल गरेका थिए ।
‘तपाईंहरूका कुरा सुनियो, अब हामी दुई अध्यक्ष बस्छौँ, सहमति गर्छौंं, त्यही सहमति तपाईंहरूलाई पठाइदिन्छौँ, त्यस्तो सहमतिपछिको निष्कर्ष तपाईंहरू कसैका लागि अनुकूल पनि हुन सक्छ, प्रतिकूल पनि हुन सक्छ, तर त्यही लागू हुन्छ, कसैले पनि त्यसमा दायाँबायाँ गर्न पाइँदैन,’ प्रधानमन्त्री ओलीको भनाइ उद्धृत गर्दै छलफलपछि एक नेताले जानकारी दिएका छन् ।
यसअघि मुख्यमन्त्री शाही र असन्तुष्ट नेता कँडेललगायतले कार्यकारी अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपाललाई बेग्लाबेग्लै भेटेर पछिल्लो समस्याबारे छुट्टाछुट्टै ब्रिफिङ गरेका थिए । कर्णालीको समस्या समाधान कसरी हुन्छ भन्ने बारेमा अहिलेपनि चर्चा र बहस भने कर्णाली प्रदेशमा कायमै रहेको छ ।










